एमालेले आज काठमाडौंमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । गणतन्त्र दिवसको अवसरमा एमालेले आज गणतन्त्रको पक्षमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भृकुटीमण्डपदेखि रत्नपार्कसम्म सांस्कृतिक झाँकीसहितको प्रदर्शन गर्न लागेको हो ।

एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार एमालेले भृकुटीमण्डप, भद्रकाली, शहीदगेट सुन्धारा हुँदै रत्नपार्कको शान्तिवाटिकासम्म गणतन्त्रको उत्सवका रुपमा सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्नेछ ।

EPIC EPIC EPIC EPIC

यसअघि ललितपुरमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौंलाई एमालेको कब्जामा राख्न नेता-कार्यकर्तालाई निर्देशन दिएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *