बिर्तामोड । झापामा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट प्रक्रिया सम्पन्न भएको छ। क्षेत्र नं. २ बाहेकका सबै क्षेत्रका नतिजा सार्वजनिक गरिएको हो। क्षेत्र नं. २ को मतगणना बिहान ८ बजेपछि पुनः सुरु हुने जानकारी छ। क्षेत्र नम्बर २ को मतगणना बिर्तामोडस्थित पार्टी कार्यलयमा चलिरहेको छ।
क्षेत्र नं. १ बाट दुई महिलासहित जम्मा ६ जना प्रतिनिधि चयन भए। खुला समूहबाट राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई निर्वाचित भए। महिलातर्फ रमा भण्डारी र जानुका ओली चयन भए, भने युवा समूहबाट दिपक बराल निर्वाचित भए।
क्षेत्र नं. ३ मा पनि दुई महिलासहित ६ जना प्रतिनिधि चुनिए। खुला समूहबाट छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ चयन भए। महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल चुनेका छन्। युवा समूहबाट अग्निप्रसाद सापकोटा विजयी भए।
क्षेत्र नं. ४ बाट दुई महिलासहित ७ जना प्रतिनिधि निर्वाचित भए। खुला समूहमा रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की चयन भए। महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित भए। युवा समूहबाट रोशन सुबेदी विजयी भए।
क्षेत्र नं. ५ मा खुला समूहबाट अम्विका प्रसाद खनाल, शिव दुगेल, होमबहादुर थापा र तुलसी कार्की चयन भए। महिलातर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम र लिला ढुङ्गेल दाहाल निर्वाचित भए। युवातर्फ युवराज पौडयाल (विवश) विजयी बने।
झापाबाट दुई दलितसहित कुल ३८ जना महाधिवेशनमा सहभागी हुनेछन्। दलित समूहमा सर्वसम्मति हुने भएपछि बाँकी ३६ स्थानका लागि मतदान गरिएको थियो। यी ३६ स्थानका लागि ९५ जना उम्मेदवार प्रतिस्पर्धामा सहभागी भएका थिए।



















