विराटनगर । नेकपा एमाले विराटनगर महानगर अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । गिरीसहित पदाधिकारी तर्फको सबै पदमा बिनोद ढकाल पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा बलराम गिरी १७३ मत पाएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत पाए । यस्तै, उपाध्यक्षमा सुरज न्यौपाने १४५ मत ल्याएर बिजयी हुँदा उनका प्रतिस्पर्धी राम पोखरेलले १३६ मत प्राप्त गरेका छन् ।
सचिव पदमा गिरी प्यानलकै विज्ञान चापागाईं १८३ मतसहित बिजेता बन्दा नवराज काफ्ले पराजित भएका छन् । उनले १०४ मत पाएका छन् । उपसचिवमा हमिद आजाद र हिमा मैनाली पोखरेल निर्वाचित भएका छन् । महानगरको नयाँ नेतृत्व चयनका लागि बिहीबार साँझ मतदान हुँदा ३०८ जनाले मतदान गरेका थिए ।