नेकपा एमाले सुर्खेतले १२ ज्येष्ठ नेताहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा मंगलबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सुर्खेतको कम्युनिस्ट पार्टी निर्माणमा अतुलनीय योगना पुर्याएका व्यक्तिलाई कम्युनिस्ट योद्धा सम्मान प्रदान गरिएको हो ।
एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शहीद ऋषिप्रसाद शर्मा र हस्तबहादुर पुनलाई मरणोप्रान्त सम्मान गरे । यस्तै, केन्द्रीय सल्लाहकार सदस्यहरू बालकृष्ण बीसी, चुडामणी शर्मा, महेन्द्रप्रसाद शर्मा, डिलाराम गिरी, खगेन्द्रबहादुर घर्ती, हेमप्रकाश भुषाललाई सम्मान गरिएको छ ।
पार्टी जिम्मेवारीमा नरहेका कालिका चौधरी, डिल्लीबहादुर महतरा र पृथ्वीबहादुर सिंहलाई पनि सम्मान गरिएको छ । उनीहरूलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।