एम्बिसनमा सांस्कृतिक कार्यक्रम

बुधबारे । एम्बिसन एकेडेमी बुद्धशान्ति २ मा सरस्वती पूजाको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको प्रमुख आतिथ्य तथा इन्द्र राईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन छात्रा सोफिया खड्काले गरेकी थिइन् भने छात्रा रियन राईले अतिथिहरुलाई शाब्दिक स्वागत गरेकी थिइन्।

EPIC EPIC EPIC

कार्यक्रममा सरस्वती पूजाको महत्व दर्साउने विविध कार्यक्रमका साथै विद्यार्थीहरुले विभिन्न विधाका नृत्यहरू प्रस्तुत गरेका थिए।

स्थानीय समाजसेवी गुरु ओली, गंगा गौतम, सेमन्त पोखरेल, मुकेश भट्टराई,पूर्ण गौली, इन्द्र अधिकारी, अभिभावकहरु लगायत शैक्षिक तथा सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी तथा आफूले बनाएका विभिन्न परियोजना कार्यको प्रदर्शनीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *