बुद्धशान्ति (पालिका सन्देश)। नजिकिँदै गरेको शुभदिपावली तथा छठ पर्वको अवसर पारेर एम्बिसन एकाडेमी बुद्धशान्ति २ जयपुरले शुभकामना आदानप्रदान गर्दै सांस्कृतिक कार्यक्रम सम्पन्न गरको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको अध्यक्षता तथा शिक्षासेवी, समाजसेवी अभिभावक नेत्रप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्धशान्ति उद्योग बाणिज्यसंघका अध्यक्ष चन्द्र उप्रेती, समाजसेवी धु्रव ओली, जीवनकुमार पोखरेल, गुरु ओली, बुधबारे जेसीका अध्यक्ष अर्जुन ढकाल, पूर्व अध्यक्ष मुकेश भट्टराई, सेमन्त पोखरेल, समाजसेवी कमल श्रेष्ठ, चन्द्र गौतम, गंगा गौतम, इन्द्र राई, स्थानीय समाजसेवी ,शिक्षविद, अभिभावक, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
शुभकामना आदानप्रदान गर्दै सांस्कृतिक कार्यक्रम, कविता वाचन साथै नाटक समेत प्रस्तुत गर्नुका साथै अभिभावकहरु बिच हण्डी फुटाई खेल समेत खेलाइएको थियो ।
सोही अवसरमा भोइसअफ एम्बिसन एकाडेमीमा सिनियर तर्फबाट प्रेरणा प्रधान साथै जुनियर तर्फबाट अनिमेश बस्नेत बिजयी बनेका विद्यालयका प्रबन्ध निर्देशक दिपेन सिटौलाले बताएका छन् । त्यस्तै एम्बिसन फेसन सो अन्तर्गत रेसिका भट्टराई र एड्रिन राई विजेता बनेका थिए ।
सोही अवसरमा सोही विद्यालयकी तेक्वान्दो खेलाडी खुसी गौतम, समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने हेप्पी जयपुर युवा समुह र सृजनशील कार्य गरेको भन्दै सानु क्रिएटरका सञ्चालक प्रदिप चौवान र पवन चौवानलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा एम्बिसन उद्यमशील क्लबको आयोजनामा राष्ट्रिय आविश्कार केन्द्रको सहयोगार्थ डा. महाविर पुनको पुस्तक स्टल समेत राखिएको थियो ।
सानै उमेरबाट संस्कार र संस्कृतिको जगेर्ना गर्न प्रेरित गर्न आयोजना गरिएको कार्यक्रममा स सना नानीबाबुहरुको प्रस्तुतीले अभिभावकहरुले भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु सोफिया खड्का, आगल्स अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य सजेशा प्रसाईंले गरेकी थिइन् ।