एराकी शुभना बनिन् बुद्धशान्तिकै उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी
बुधबारे । झापाको बुद्धशान्ति ३ मा रहेको एरा एभरग्रीन अंग्रेजी विद्यालयबाट एसईई दिएकी शुभना बराल बुद्धशान्तिबाट उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी बनेकी छिन्। उनले ३.९१ जीपीए ल्याएर बुद्धशान्तिमा उत्कृष्ट बनेकी हुन्।