वाशिङ्टन । अमेरिकी बिलिनियर एलन मस्कले राष्ट्रपति ट्रम्प प्रशासनसँगको सहकार्य छाड्ने भएका छन् । अमेरिकाको खर्च कटौती निकायका कार्यरत मस्कले सो काम छाड्ने बताएका छन् । यसै वर्ष स्थापित डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीमा मस्क आबद्ध छन् ।
हरेक वर्ष १३० काम गर्ने गरी मस्कलाई विशेष सरकारी कामदारको रूपमा नियुक्त गरिएको थियो । २० जनवरीका दिन ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेपछि ट्रम्पले मस्कलाई नयाँ जिम्मेवारी दिएका थिए ।
मस्कले यो काम गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । उनको सामाजिक सञ्जालमा काम नलाग्ने खर्च कटौती गर्न आफूलाई जिम्मेवारी दिएकोमा सबैलाई आभार व्यक्त गरेका छन् ।
ट्रम्पले ल्याएको ‘बिग ब्युटिफुल’ विधेयकमा असहमति जनाएपछि मस्कको डोगका कार्यकाल सकिएको हो । सो विधेयक मार्फत सैन्य खर्च बढाउने कुरामा उनको अनुपस्थिति भएको हो ।