धनगढी – कैलालीको धनगढीमा एसइई परीक्षा दिन गएका विद्यार्थी माथि कुटपिट भएको छ ।
धनगढी उपमहानगरपालिका–१९ मा रहेको फूलवारी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिन गएका धनगढी –१४ का चार जना विद्यार्थीलाई स्थानीय युवाको समूहले कुटपिट गरेको हो ।
कुटपिटबाट परीक्षार्थी रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी घाइते भएका छन् । परीक्षा दिएर फर्किने क्रममा उनीहरुमाथि आक्रमण भएको घाइतेका आफन्त अक्कल भण्डारीले बताएका छन् । उनीहरुको टाउको र शरीरमा चोट लागेको छ ।
उनीहरुको अहिले धनगढीमा उपचार भइरहेको छ । घटनाको कारण खुलेको छैन । घटनाको बिस्तृत विवरण आउन बाकी रहेको र आक्रमण गर्ने युवा समुहको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।