एसईईमा एनजी उल्लेख भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौँ – एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा सहभागि हुन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार सो निर्णय गरेको हो ।


एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका– २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्र, परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC


अहिलेको व्यवस्था अनुसार बढीमा दुई विषयसम्म एनजी भएका विद्यार्थीहरुले मात्रै मौका परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेकोमा शिक्षा मन्त्री सुमना श्रेष्ठको निर्देशनमा एनजी ल्याएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गर्न लागिएको हो ।


यदि एनजी आएका कुनै विद्यार्थीले मौका परीक्षा दिएर कक्षा ११ पढ्ने चाहाना राख्छन् भने उनीहरुले मौका परीक्षा दिन पाउन् मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *