एसईई : केन्द्रमै उत्तरपुस्तिका परीक्षण

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु भएको भएको छ । पहिलो दिनको परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षणको कामसमेत थालिसकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन बिहान ८ बजेदेखि ११ बजेसम्म अंग्रेजी विषयको परीक्षा भएको थियो । ‘परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु भएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘धेरै ठाउँमा परीक्षण सुरु भएको जानकारी आएको छ ।’

EPIC EPIC EPIC

परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका छन् । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् ।

परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । जापानको एक केन्द्रबाट परीक्षा दिने २३ जना छन् । एसईई सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च