एसईई दिएर पौडी खेल्न गएका एक किशोरको मृत्यु

गोरखा। गोरखाको बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । आरुघाट गाउँपालिका– १ का १६ वर्षीय युनिश गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार युनिश आरुघाट गाउँपालिका–४ स्थित थुमीमा एसईई दिएर बुधबार अपराह्न बुढीगण्डकी नदीमा पौडी खेल्न गएका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

खोजीका क्रममा साँझ स्थानीय र प्रहरीको संयुक्त टोलीले बगाएको स्थानदेखि करिब एक किलोमिटर तल उनलाई मृत फेला पारेको सुवेदीले बताए । उनको शवलाई पोष्टमार्टमका लागि राति नै जिल्ला अस्पताल गोरखामा लगिएको जिल्ला प्रहरीले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *