एसईई नतिजा: झापा गाउँपालिकामा महेन्द्र र जनकल्याण माविको नतिजा शुन्य

झापा। एसईई परिक्षामा झापाको झापा गाउँपालिकाकाका दुई सामुदायीक विद्यालयहरुको नतिजा शून्य आएको छ।झापा गाउँपालिकाले सामाजिक सञ्जालमा प्रकाशित गरेको नतिजा विवरणमा महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो।

जनकल्याण माविका ४० जना विद्यार्थीहरुमा पास संख्या शून्य रहेको छ।त्यस्तै महेन्द्र माविका ३४ जना विद्यार्थीहरुमा पास संख्या शून्य रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

झापा गाउँपालिकामा सामुदायिक र संस्थागत गरि १२ विद्यालयका विधार्थीहरुले एसइइ परीक्षा दिएका थिए।सामुदायीक विद्यालयका विद्यार्थीहरुको नतिजा कमजोर रहेको पाइएको छ।

झापा गाउँपालिकाम कुल ५०२ जना विद्यार्थीहरु परीक्षा दिएकोमा ८९ जना पास भएका छन् ।

सामुदायिक विद्यालय तर्फ डिल्लीराज माविका १२२ जना विद्यार्थीमा २ जना पास भएका छन् ।त्यस्तै जनतामा १०५ जनामा ३ जना,कुवाडीदेवीमा ५६ जनामा १ जना पास भएका छन् ।

त्यस्तै संस्थागत विद्यालय तर्फ चन्द्रज्योतीमा ३३ जनामा ३० जना पास,जय पाथीभरामा ३६ जनामा ३० जना पास,साउथ होराइजनमा १६ जनामा ९ जना पास,गौतमबुद्दमा ६ जनामा सबै पास,टाइनीटसमा १५ जनामा ४ जना पास,वन्डरलाइफमा ८ जनामा ४ जना पास र सेन्ट जेभियर्समा ३१ जनामा १५ जना पास भएका छन् ।

गाउँपालिकाले एसइइको नतिजा विवरण सार्वजनिक गर्दै नोटमा विद्यालयबाट प्राप्त सुचनाका अधारमा नतिजा सार्वजनिक गरिएको भनेर उल्लेख गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *