बनियानी। झापाको कचनकवल गाउँपालिका ६ मा रहेको लक्ष्मी माविको एसईई परीक्षामा शून्य नतिजा हात पारेको छ ।
पालिकाको नमुना विद्यालयको नामबाट परिचित लक्ष्मी माविले हिजो प्रकाशित भएको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई )मा परीक्षामा शून्य नतिजा हात पारेको हो ।
विद्यालयबाट एसईईमा कुल ९६ सहभागी विद्यार्थी मध्ये कसैले पनि परीक्षा उत्तीर्ण नगरेको विद्यालयले जनाएको छ ।
उक्त विद्यालयबाट सहभागी मध्ये अंग्रेजीमा २२, सामाजिकमा २०, नेपालीमा ६५, लेखामा ५४, अर्थशास्त्रमा ८, गणितमा ७ र विज्ञानमा शून्यले परीक्षा उत्तीर्ण गरेको जसमध्ये पूरक परीक्षका लागि योग्य ७ जना रहेको विद्यालयका शिक्षक शुकदेव पोखरेलले जानकारी दिनुभयो ।