एसईई परिक्षा आगामी चैत्र १५ गतेदेखि सञ्चालन हुने

माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि सञ्चालन हुने भएको छ। आइतवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।

बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए। चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए। बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो। तर, होली पर्वका कारण परीक्षाको मिति सार्नुपरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्।  तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन्। परीक्षामा चैत्र २७ गते सम्म सञचालन हुने छ साथै यो वर्ष प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *