एसियाडमा सहभागी हुन चीन जान तयार भए सन्दीप

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने मंगलबार एसियाली खेलकुदका लागि चीन प्रस्थान गर्दैछन्। बलात्कार मुद्दामा पछिल्ला दुई पेशी अदालतले रोकेपछि सन्दीप मानसिक रूपमा खेल्नका लागि तयार नभएको भन्दै चीन नजाने अडानमा थिए।

यद्यपि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र क्यानका सचिव पारस खड्कासँग गएराति छलफलपछि उनी चीन जान तयार भएका हुन्। सचिव खड्काले देशको प्रतिनिधित्वको विषय भएकाले सन्दीपलाई चीन जान आग्रह गरेका थिए।

EPIC EPIC EPIC

उनले अदालतको मुद्दामा चाँडो फैसला हुनुपर्नेमा क्यानको समान धारणा रहेको भन्दै सन्दीपलाई मानसिक रूपमा कमजोर नहुन र देशका लागि प्रतिनिधित्व गर्न आग्रह गरेपछि सन्दीप पनि तयार भएका हुन्।

त्यस्तै, अध्यक्ष चन्दले पनि सन्दीपलाई महत्तपूर्ण प्रतियोगिता भएकाले ऊर्जाशील भएर खेल्नका लागि आग्रह गरेका थिए। सन्दीप र उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले चन्द र पारसलाई नयाँ नेतृत्वमा आएकोमा बधाई साटासाट गरेका थिए।

घिमिरेसहित चन्द र खड्काले सन्दीपलाई खेल्न जान आग्रह गरेपछि उनी तयार भएका थिए। छलफलपछि सन्दीप आजै एयर चाइनको विमानबाट आज अपरान्ह १२:२० मा चीन प्रस्थान गर्न तयार भएका हुन्। नेपालले चीनमा एसियाली पुरुष क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ।

नेपाल प्रतियोगिताको तेस्रो दिन सकिँदासम्म पदक छेउछाउ पुग्न सकेको छैन। यसअघि सन्दीपको गत १ असोज र ७ असोजमा दुई पटकको पेसी अदालतकै कारण स्थगितमा परेको थियो।

गोलाप्रथाका कारण विदामा बसेका न्यायाधीशको बेन्चमा मुद्दाको पेशी पर्दा सन्दीपको मुद्दाले किनारा पाउन सकेको छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च