एसियाली खेलकुद: कराँतेकी एरिया गुरुङलाई ऐतिहासिक रजत

नेपाली कराँते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक प्राप्त गरेकी छिन् ।

फाइनलमा ओलम्पिक पदकधारी कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित हुँदा एरिका रजतमा सिमित भइन् । एरिकाले कराँते इतिहासमा नै एसियाडको पहिलो रजत पदक जितेकी हुन्। 

EPIC EPIC EPIC EPIC EPIC

एरिकाले सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८-४ को अन्तरमा जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । फाइनलमा एरिका काजकिस्तानकी बेरुल्टसेवा सोफियासँग ३–० ले पराजित भईन् । 

सुरुआतदेखिनै रक्षात्मक देखिएकी एरिकाले फाइनलमा स्कोरनै बटुल्न सकिनन् । युकोमा तीन अंक बटुल्दै काजकिस्तानकी सोफियाले कुमितेको ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक हात पारिन् । 

यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन् । उनले १-१ को बराबरी हुँदा सेन्शु (पहिलो अंक जोडेको) आधारमा जित निकालेकी थिइन् ।

एरिका एसियाली खेलकुदमा रजत पदक जित्ने इतिहासमै दोस्रो खेलाडी भएकी छन् । यसअघि सबिता राजभण्डारीले करातेमै एसियाडमा रजत पदक जितेकी थिइन् ।

यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।

सन् २०१८ मा इन्डोनेसियामा भएको जकार्ता एसियाडमा प्याराग्लाइडिङको टिम इभेन्टमा नेपालले रजत पदक जितेको थियो। फाइनल जितेकी भए एरिका एसियाली खेलकुदमा स्वर्ण जित्ने नेपालको पहिलो खेलाडी हुने थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *