Search
Close this search box.
Search
Close this search box.

ऐतिहासिक कांस्य पदक विजेता पलेशालाई आज नगर परिक्रमा गराइने

काठमाडौं । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी पलेशा गोवद्र्धन आज (बुधबार) बिहान काठमाडौं आइपुग्दै हुनुहुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँलाई नगर परिक्रमा गराइने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

राखेपका अनुसार बिहान ८ बजे त्रिभुवन विमानस्थल ओर्लने पलेसासहितको नेपाली टिमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुर्‍याइनेछ ।

EPIC

पलेसाले पारा ओलम्पिकमा गत शुक्रबार राती काँस्य जित्नुभएको थियो । कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो । सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसाले ६५ लाख रुपैयाँ प्राप्त गर्नुहुनेछ ।

पेरिस पारालिम्पिक-२०२४ मा नेपालका पलेशासहित तीन खेलाडी सहभागी थिए । पौडी खेलाडी भीमबहादुर कुमालले एस-९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सोमबार १९औँ स्थान हासिल गर्नुभएको थियो । तेक्वान्दोका अर्का खेलाडी भरतसिंह महता के-४४ क्याटगोरी पुरुष ५८ केजीमुनि पहिलो चरणबाटै बाहिरिनुभएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *