ऐतिहासिक ठुटेवर मेला मंसिर ५ गतेबाट लाग्ने


बुद्धशान्ति। झापाको बुद्धशान्ति–६ स्थित ठुटेवर परिसरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रूपले प्रसिद्ध ठुटेवर मेला लाग्ने भएको छ । मेला मंसिर ५ गते देखि ११ गते सम्म आयोजना गर्न लागिएको हो ।

मेला परिसरमा आज पत्रकार सम्मेलन गर्दै मेलाको तयारी गरिएको समितिका अध्यक्ष खड्ग पंधाक सुब्बाले बताएका छन् । उनले वर्षको दुई पटक बैशाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिसरमा मेला लाग्ने गरेको बताउँदै स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला लगाउने तयारी भएको बताएका छन् ।

इलाम र झापाको सङ्गम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसङ्ख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बेग्लै हुँदै जाने गरेको र मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जिलिङबाट समेत मानिसहरू मेला भर्न आउने गरेको स्थानीय शिक्षासेवी केशव भट्टराईले बताए ।

कोरोना कहरका कारण दुई वर्षयता लाग्न नसकेको ठुटेवर मेला यही कार्तिके पूर्णिमाको अवसरमा पारेर लाग्ने भएको छ । यसवर्ष पनि झापा, इलाम, लगायत छिमेकी मुलुक भारतको दार्जिलिङ सहित करिव ५० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजक समितिले अपेक्षा राखेको छ ।

समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विभिन्न कृषि सामाग्रीहरूको स्टल र स्थानीय र राष्ट्रिय स्तरका कलाकार साथै साहित्यकार गजलकार हरूको समेत प्रस्तुति रहने आयोजकले समितिले जनाएको छ ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *