प्रदीप खड्काको पहिलो हिन्दी चलचित्र ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । सिनेमाको टाइटल घोषणा गर्दै प्रदीपको पहिलो हिन्दी चलचित्रबारे जानकारी दिइएको हो । हिन्दीसहित विभिन्न भाषामा बन्ने चलचित्र बिग बजेटमा निर्माण गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
जीवन थापाले निर्देशन गर्ने चलचित्रमा भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्तकुमार गुप्ता र राजव कुँवरको लगानी रहनेछ । चलचित्र आउँदो वर्ष सिनेमाघरमा आउनेछ । सुवास कालेले चलचित्र ‘प्रेम गीत-३’ भारतमा वितरण गर्नुभएको थियो ।