Search
Close this search box.
Search
Close this search box.

ओखलढुंगामा आगलागी: एक महिलाको जलेर मृत्यु

ओखलढुंगाको मानेभञ्ज्याङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।

मानेभञ्ज्याङ गाउँपालिका वार्ड नं. ७ स्थित हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको भान्छाकोठामा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

EPIC

चुल्होमा डिजेल प्रयोग गरी आगो बाल्ने क्रमममा अचानक आगलागी हुँदा गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए।

सोमबार साँझ ५ बजेतिर आगलागी भएको उनले बताए। भान्छाघरको आगो स्थानीय र प्रहरीको सहायतामा नियन्त्रणमा लिइएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *