ओखलढुङ्गामा तिम्ल्याहा शिशुको जन्म, आमा र शिशुहरू सबैको अवस्था सामान्य

ओखलढुङ्गा ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६, श्रीचौर मङ्गलबारेकी ३२ वर्षीया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा तिम्ल्याहा (तीनजना) शिशुलाई जन्म दिएकी छन्। बिहीबार अस्पताल भर्ना भएकी तामाङले शुक्रबार बिहान शल्यक्रिया मार्फत तीन स्वस्थ शिशु जन्माएकी हुन्।

अस्पतालका निर्देशक डा. रोशन खरेलका अनुसार डा. रमिता कँडेलको नेतृत्वमा रहेको चिकित्सक टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको हो।
जन्मिएका तीनै छोरीमध्ये पहिलो शिशुको तौल १,९०० ग्राम, दोस्रोको २,२०० ग्राम र तेस्रो शिशुको तौल २,३०० ग्राम रहेको अस्पतालले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

३६ हप्ताको गर्भअवधिमा शल्यक्रिया गरिएको भए पनि आमा र नवजात शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। तामाङको यसअघि सात वर्षीय एक छोरा छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *