ओडिसा प्रहरीद्वारा केआइआइटी विश्वविद्यालयका महानिर्देशकसहित पाँचजना पक्राउ

नेपाली विद्यार्थीको मृत्यु र दुर्व्यवहारमा जिम्मेवार रहेको दाबी 

भारतको ओडिसा राज्य प्रहरीले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार तथा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युबारे अनुसन्धान गर्न एकजना महानिर्देशक, दुई निर्देशक र दुईजना सुरक्षा गार्ड गरी पाँचजनालाई मंगलवार साँझ पक्राउ गरेको छ।

EPIC

मानव श्रोत हेर्ने महानिर्देशक शिवानन्द मिश्र, प्रशासन निर्देशक प्रतापकुमार चमुपति र छात्राबास हेर्ने निर्देशक सुधिर रथ पक्राउ परेका हुन्। प्रहरीलाई उद्धृत गर्दै ओडिसा टेलिभिजनले यो समाचार प्रशारण गरेको छ।

EPIC EPIC EPIC

यसअघि प्रहरीले दुईजना सुरक्षागार्ड रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पक्राउ गरिसकेको छ। आत्महत्या दुरुत्साहन मुद्दामा विश्वविद्यालयका विद्यार्थी अद्विक श्रीवास्तबलाई सोमवारै पक्राउ गरेर अनुसन्धान थालिसकेको छ। राज्य सरकारले मंगलवारै घटनाबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरिसकेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *