झापा । झापा मेचीनगर–१३ चारआलीमा त्रिदेव बहुमुखी क्याम्पस प्रमुखमाथि साङ्घातिक आक्रमण गर्ने शिक्षकलाई क्याम्पस व्यवस्थापन समितिले निष्कासन गरेको छ ।
क्याम्पसमा ओभर टाइम पठनपाठन गरेको विषयमा एक सय रुपैयाँ हिसाब हिसाब नमिलेपछि क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईमाथि शिक्षक गोपाल प्याकुरेलले आक्रमण गरेका थिए । उनलाई व्यवस्थापन समितिले क्याम्पसबाट निष्कासन गरेको जनाइएको छ ।
शिक्षक प्याकुरेल मावि कक्षाको नेपाली शिक्षक हुन् । शिक्षक प्याकुरेलले माफी पाउने गरि कर्तव्य नगरेको ठहर गर्दै व्यवस्थापन समितिले कार्वाहीस्वरुप निष्कासन गरेको छलफलमा सहभागीले जानकारी दिए ।
शिक्षक प्याकुरेलले क्याम्पस प्रमुखमाथि कुटपिट भुलवश भएको स्वीकार गर्दै आगामी दिनमा नदोहोर्याउने उल्लेखित अनुरोध पत्र सञ्चालक समितिलाई पेस गरेका थिए ।
समितिले क्याम्पसको गरिमालाई बिग्रिन नदिन कुटपिट घटनाले आफ्नो पद र ओहोदामाथि आक्रमण भएको भन्दै प्रमुख भट्टराईले प्रहरी प्रशासनमा जाने समितिलाई जानकारी गराएका थिए । प्रहरीकोमा जाँदा क्याम्पसको गरिमालाई बिग्रने भएकाले त्यसो नगर्न आग्रह गर्दै शिक्षक प्याकुरेल र प्रमुख भट्टराईबिच मिलापत्र गराएका थिए ।