ओलीका पूर्व पीएसओ एसपी लिम्बुको सरुवा मापदण्डविपरीत, झापा सरुवा विवादास्पद

झापामा सरुवा भएका एसपी राजन लिम्बूको नेपाल प्रहरीको सरुवासम्बन्धी मापदण्ड २०७९ विपरीत रहेको पाइएको छ ।मापदण्ड अनुसार जिल्लाहरूलाई ‘क’ देखि ‘ग’ वर्गसम्म छुट्याएर एसपीको इन्चार्ज दिने विषय उल्लेख गरिएको छ । ‘क’ वर्गको नेतृत्व सम्हालेका एसपीलाई ‘ख’, ‘ग’ वर्गको जिल्लामा सरुवा गरिने मापदण्डमा प्रस्ट उल्लेख छ । अर्कोतर्फ, ‘इन्चार्ज टु इन्चार्ज’ समेत सरुवा नगर्ने उल्लेख छ । प्रहरी प्रधान कार्यालयले १५ वैशाखमा ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा निकाल्यो ।

सरुवा सूचीको ५०औं नम्बरमा एसपी राजन लिम्बुको नाम छ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख रहेका लिम्बुको त्यहाँबाट जिल्ला प्रहरी कार्यालय झापामा सरुवा गरियो । लिम्बुको ठाउँमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत गोविन्द पुरीलाई सरुवा गरिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

लिम्बुको सरुवा भने मापदण्ड विपरीत छ । सरुवा तथा काजको भद्रगोल अवस्थालाई व्यवस्थापन गर्न भन्दै ‘नेपाल प्रहरीको सरुवासम्बन्धी मापदण्ड २०७९’ गृहमन्त्रीस्तरीय निर्णयबाट २१ साउन २०८० मा स्वीकृत गर्दै अहिले कार्यान्वयनमा छ ।

एसपी लिम्बुको हकमा भने यो मापदण्ड पूर्ण रूपमा उल्लङ्घन गरिएको छ । ‘क’ जिल्लाको इन्चार्जबाट उनी अर्को ‘क’ जिल्लाकै इन्चार्ज भएर मापदण्ड उल्लङ्घन गरेका छन् भने ‘इन्चार्ज टु इन्चार्ज’ भएर अर्को मापदण्ड उल्लङ्घन गरेका छन् ।

इन्चार्ज टु इन्चार्ज त्यो पनि ‘क’ वर्गको जिल्लाबाट ‘क’ वर्गकै जिल्लामा सरुवा हुने एसपी लिम्बु प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पूर्वपीएसओ हुन् । ओलीका पूर्वपीएसओ सरुवा मापदण्ड उल्लङ्घन गर्दै ओलीकै गृहजिल्ला झापा पुगेका छन् ।

लिम्बु बाहेक अन्य एसपीहरूको सरुवा मापदण्ड भने खासै उल्लङ्घन भएको देखिँदैन । तर आफ्नै ब्याचहरूले तीन ठाउँमा इन्चार्ज भएर काम गर्दा एसपी अंगुर जीसीको अहिलेसम्म सरुवा हुन सकेको छैन ।

प्रचण्डको गृहजिल्ला जान कुनै समय हानाथाप र ठूलो पावर लगाउने प्रहरी अधिकृतहरू अहिले भने चितवनको कमान्ड सम्हाल्न छाडेर अन्यत्रै सरुवा जाने प्रवृत्ति देखिएको छ ।

उनी एसपीमा बढुवा भएपछि विगत १३ महिनादेखि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । उनीभन्दा पछिल्लो लटमा बढुवा भएकाहरूले समेत इन्चार्ज भएर जिल्ला चलाउँदा उनी भने अपराध अनुसन्धान कार्यालयमै कार्यरत छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *