ओलीको गृहजिल्ला झापाबाट अर्यालको उद्घोष– लाखौं ताराका लागि एउटै सूर्य काफी छ

झापा। नेकपा (एमाले) केन्द्रीय सचिव पद्मा अर्यालले लाखौं ताराहरुका सामुन्ने एउटै सूर्य काफी रहेको बताएकी छन् ।

पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जति तारा भए पनि एउटै सूर्य काफी रहेको बताइन् ।

EPIC EPIC EPIC

अध्यक्ष ओलीको गृहजिल्ला झापा मुलुकको भविष्यको मार्गचित्र भएको उनले बताइन् । झापाले मुलुकको रुपान्तरणका लागि ठूलो योगदान गरेको बताउँदै फेरि झापाली जनता संविधानको रक्षाका लागि अग्रभागमा आएकोमा खुशी व्यक्त गरिन् ।

एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्ध झापाली जनताको बलियो साथ एमालेलाई रहेको बताइन् । प्रतिनिधिसभा पुनर्स्थापना, संविधानको रक्षाका पूर्वबाट झापालीहरुले दिएको सन्देश देशभरका लागि ठूलो योगदान हुने धारणा व्यक्त गरिन् ।

जनसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव अर्यालले प्रतिगमनकारी, देशद्रोही र आतंककारीहरुलाई एक दिन कानुनको कठघरामा उभ्याएर छोड्ने चेतावनी दिइन् । देशको झण्डा ओढेर राष्ट्रलाई खरानी बनाउने छुट कसैलाई नभएको उनको भनाई थियो ।

राष्ट्र र जनताको अहितमा भएको कुनै पनि कामप्रति एमाले चुप नबस्ने धारणा राख्दै उनले त्यस्ता समूहहरुलाई ठेगान लगाएर छोड्ने चेतावनी दिइन् ।

जनसभामा उनले संविधानको रक्षा गर्ने दायित्व एमालेको काँधमा आएको बताइन् । उनले संविधानको रक्षाका लागि झापाली जनताको विशेष भूमिका आवश्यक भएको बताउँदै प्रतिगमनलाई पछारेर अघि बढ्न एमाले सडकमा आएको बताइन् । संविधानको भावना मिचेर बनेको सरकार असंवैधानिक भएको र यसले निर्वाचन गर्ने भन्दै जनतालाई भुलभुलैयामा पारेको उनको भनाई छ ।

उनले भनिन्– जननिर्वाचित सरकारलाई अपदस्त गरेर निर्वाचन गर्छु भन्नु नाटक मात्रै हो । एमाले निर्वाचनको लागि तयार छ, त्यसको लागि वातावरण निर्माण गर्न सक्छ, उनले प्रश्न गरिन् । शान्ति पूर्ण चुनावका लागि एमाले जहिल्यै पनि तयार रहेको उनको भनाई छ ।

झापाको जनसभाले एमालेलाई जनताको साथ रहेको सन्देश दिएको बताउँदै उनले एमालेविरुद्ध जतिसुकै पार्टी एक भए पनि एक्लै सूर्य काफी रहेको बताइन् । केही पार्टी एक भएका छन्, नयाँ पार्टी खोलिएका छन्, उनले भनिन्– यो सबै एमालेको विरोध गर्न खोलिका पार्टी मात्रै हुन् । संविधान र लोकतन्त्रको रक्षा एमालेले मात्रै गर्न सक्छ ।

जनसभामा एमालेका युवा नेता मनोज ताम्लीले राष्ट्रियताका निम्ति एमाले बाहेक कसैले बलिदाली दिन सक्ने बताए । उनले लोकतन्त्र ल्याउन एमालेले नै बलिदानी दियो, लोकतन्त्रको रक्षाका लागि पनि एमाले नै बलिदानी दिन तयार रहेको बताए । देश जलाउनेहरुलाई राष्ट्रवादी मान्न नसकिने भन्दै नेता ताम्लीले सिंहदरबार र सर्वोच्च जलाउनेहरु नेपाली हुन नसक्ने बताए ।

जनसभालाई सम्बोधन गर्दै फेरि पनि देशको नेतृत्व, पार्टीको नेतृत्व केपी ओलीले नै गर्नुपर्ने उनको धारणा थियो ।

जिल्लाभरबाट सहभागी हजारौं नेता कार्यकर्ताहरुको र्‍याली मुक्तिचोकबाट सुरु भई सिटि सेन्टरमा आयोजित जनसभामा पुगेको थियो ।

असंवैधानिक सरकारविरुद्ध झापाली जनताले जनसभामार्फत बलियो खबरदारी गरेका हुन् ।

पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको सभामा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतले सम्बोधन गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च