ओलीको गृह जिल्लामा अबको अध्यक्ष को?

झापा। नेकपा एमाले झापाको आगामी वैशाख १४ र १५ गते ११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । पार्टीको प्रदेश र जिल्ला हुँदै पालिका तहमा अधिवेशन गर्ने नीति अनुरुप जिल्लाको अधिवेशन मिति तोकिएको हो।

EPIC


जिल्ला कमिटीको आठौं पूर्ण बैठकले स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेलको प्रमुख अथित्यामा भएको बैठकले अधिवेशनको मिति तोकेको हो । अधिवेशनको मिति तय भएसँगै नेतृत्वको चर्चा समेत चुलिएको छ। अहिलेका कार्यवहाक अध्यक्ष प्रेमबहादुर गिरी र सचिव शिवकुमार ढुंगेल अध्यक्ष पदका आंकाक्षी छन् । जिल्ला अध्यक्ष दिपक कार्की पार्टीको केन्द्रीय सदस्य मनोनित भएसँगै अबको नेतृत्वको चर्चा चुलिएको हो।

EPIC EPIC EPIC


अनेरास्ववियुका जिल्ला हुदै केन्द्रीय नेतृत्व सम्म पुगेका ढुगेंल अध्यक्षको आंकाक्षी छन्। अहिले सम्म लाभको पदमा नपुगेका उनले पार्टीका बिभिँन्न जिम्मेवारी सम्हालिसकेका छन्।७ वर्ष कार्यालय सचिव, १३ वर्ष जनसंगठनको प्रमुख, कमल गाउँपालिकाका ईञ्चार्ज, पार्टी स्कूल बिभागको उपप्रमुख रहेर उनले काम गरिसकेका छन् । खासगरि युवाहरुले ढुंगेललाई अध्यक्ष बनाउने भनेर तिब्र लबिङ थालेका छन्।

उनी संसदीय मोर्चामा अहिले सम्म अवसर नपाएका नेताका रुपमा चिनिन्छन् । ढुंगेल जिल्लामा कुशल संगठकका रुपमा परिचित छन् । त्यस्तै गिरी जिल्ला उपाधक्ष्य हुदै जिल्ला अधक्ष्य दिपक कार्की केन्द्रिय कमिटिमा मनोनित भए संगै कार्यवाहक अधक्ष्यको भुमिका निभाउदै छन्।

खुदुनाबारीको गाविस अध्यक्ष, संविधानसभाका सदस्य रहेका गिरीको दाबी समेत बलियो छ। आवश्यक परे दुबै जना चुनावी प्रतिष्पर्धामा उत्रिने बताउदै आएका छन्। दुवै नेता पार्टी अधक्ष्य ओली पक्षका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *