औलो तथा कालाजार नियन्त्रणका लागि कचनकवलमा विषादी छर्कने अभियान

कचनकवल — विश्व औलो दिवस २०८२ को अवसरमा स्वास्थ्य कार्यालय झापाको आयोजनामा कचनकवल गाउँपालिका–५ स्थित सन्थाल बस्ती (खुमरुभिट्टा) मा औलो र कालाजार रोगको रोकथामका लागि विषादी छर्कने कार्यक्रम सुरु गरिएको छ।

उक्त स्थानका ७० वर्षीया दुर्गी हेमरममा कालाजार पुष्टि भएपछि प्रभावित टोललाई लक्षित गर्दै आज आजदेखि औपचारिक रूपमा अभियान थालिएको कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

उनका अनुसार कार्यक्रमको पहिलो दिन खुमरुभिट्टा, दले गाउँ, खुटामुनी लगायतका १३२ घरधुरीमा विषादी छर्किएको छ। छर्कन टोलीको संयोजन थान ब. थापाले गरेका थिए। अभियान क्रमशः वडा नं. ४ र वडा नं. १ मा पनि विस्तार गरिनेछ।

स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत विरेन्द्र दासको सहजीकरणमा लक्षित वडाका स्वास्थ्य संस्थामा अभिमुखिकरण तथा समन्वय बैठक यसअघि नै सम्पन्न भइसकेको छ।

अभियान २०८२ जेष्ठ १५ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *