औषधिको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन

काठमाडौं । प्रतिजैविक औषधिमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

औषधि सल्लाकार समितिको ५५औं बैठकबाट विभागलाई सो व्यवस्था लागू गर्न सिफारिस आएसँगै विभागको ११ भदौंको निर्णयले अनिवार्य औषधिको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

प्रतिजैविक वर्गको औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा ६ महिनापछि उत्पादन हुने औषधिहरूमा अनिवार्य रुपमा प्याकिङको लेबलमा रातो धर्का राख्नुपर्ने छ ।

प्रतिजैविक औषधिहरूको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोध एन्टिमाइक्रोबियल प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का लगाउने अभ्यास हुँदै आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *