औषधि व्यवसायी संघको अध्यक्षमा खड्का विजयी

झापा। नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको निर्वाचनबाट झापा बिर्तामोडका औषधि व्यवसायी जीवनकुमार खड्का अध्यक्षमा विजयी भएका छन् । दमकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी भएका हुन् ।

EPIC

खड्काले १५४ मत पाए भने अध्यक्षका अर्का प्रत्यासी प्रदिप खरेलले ११५ मत प्राप्त गरेका थिए । खड्का बिर्तामोडको त्रिशूल फर्माका सञ्चालक हुन् ।

EPIC EPIC EPIC

त्यस्तै, सचिवमा यज्ञराज कार्की विजयी भए । उनले १५१ मत पाए । कार्कीका प्रतिस्पर्धी प्रल्हादराम ढुंगानाले १२१ मत पाएको निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले जानकारी दिए ।

बरालका अनुसार वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं र खुद्रा उपाध्यक्षमा राकेश शाह सर्वसम्मत भएका हुन् ।

त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भएका छन् ।

थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *