कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि

काठमाडौँ। माध्यमिक विद्यालय तह अन्तर्गत कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

बोर्डका अनुसार यो परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ। देशभर १,५९० परीक्षा केन्द्र र जापानमा एक केन्द्र तोकिएको छ। सबैभन्दा बढी काठमाडौँमा १६२ तथा मनाङ र मुस्ताङमा एक–एक परीक्षा केन्द्र रहेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

परीक्षामा नियमिततर्फ ५,२०२ विद्यालयका ३,९५,९०८ विद्यार्थी सहभागी छन्। तीमध्ये एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा छन्। आंशिकतर्फ १,१५,६१७ परीक्षार्थीले परीक्षा फारम भरेका छन्।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार सबैभन्दा कम ४५ परीक्षार्थी मनाङबाट र सबैभन्दा बढी ६८,१३३ परीक्षार्थी काठमाडौँबाट सहभागी हुँदैछन्। साथै, कारागार र बाल सुधारगृहमा रहेका विद्यार्थीलाई समेत परीक्षा दिने व्यवस्था गरिएको छ।

यसबीच, काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुल केन्द्रबाट ७३ वर्षीया सूर्यवती खनालले परीक्षा दिएकी छन्। उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।

खनालको जन्म वि.सं. २००९ साउन ९ गते भएको हो। चार सन्तानकी आमा र तीन नातिनातिनाकी हजुरआमा खनालले पढ्न मन लागेपछि विद्यालय भर्ना भएकी हुन्। उनले एसईई परीक्षा गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उर्तीण गरेकी थिइन्। उनका श्रीमान विद्यालय शिक्षक हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *