कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख १४ लिइएको परिक्षाको नतिजा शुक्रबार सार्वजनिक भएकाे हो । जसमा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।

सहभागी परीक्षार्थीमध्ये ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए । गत वर्ष कक्षा १२ मा ५१.९१ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

प्रतिशतका हिसाबले पनि यो वर्षको नतिजा केही सुधार रहेको बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् । नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् भने सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् ।

ए प्लस ग्रेड ल्याउने बढे

सार्वजनिक नतिजा अनुसार यो वर्ष ९ हजार ५ सय ९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ए प्लस ग्रेड ल्याएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ए प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या बढेको छ । यसअघि गत वर्ष २०७९ सालको नतिजा अनुसार ६ हजार ९ सय ७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका थिए भने, २०७८ सालको नतिजा अनुसार चार हजार १ सय ७९ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका थिए ।

१ सय २२ विद्यार्थीको परिक्षा रद्द

कक्षा १२ मा परिक्षा दिएका १ सय २२ जना विद्यार्थीको परिक्षा रद्द भएको छ । परिक्षामा अमर्यादित क्रियाकलाप गरेका १ सय २२ जनाको परिक्षा नै रद्द गरेको बोर्डले जनाएको छ ।

यि मध्ये १८ विद्यार्थीको सबै विषयको परिक्षाफल रद्द गरेको छ भने ४ जना विद्यार्थीका सबै विषय रद्द गर्नुका साथै अर्को वर्ष बोर्डले लिने परिक्षामा समेत सहभागी हुन नपाउने भएका छन् ।

पुरक परीक्षा भदौ २५ र२६ मा

शुक्रबार सार्वजनिक गरेका निताजमा विषय लागेका विद्यार्थीहरू मौका परिक्षा दिन पाउने व्यस्था छ । शैद्धान्तिक तर्फ सोही अनुसार बोर्डले भदौ २५ र २६ गते मौका परिक्षा दिने मिति तय गरेको छ ।

कक्षा १२ को बार्षिक परीक्षामा नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् । नतिजा अनुसार एक लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेड भएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *