कङ्गोमा नेपाली शान्ति सैनिक राईको मृत्यु

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि कङ्गोमा तैनाथ नेपाली सेनाका प्युठ भुपजित राईको मृत्यु भएको छ । 

श्री नरसिंह दल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ राईको असोज २६ गते मृत्यु भएको हो । खोटाङ घर भएका प्युठ राई जिनामा कार्यरत थिए ।

EPIC EPIC EPIC EPIC EPIC

बिरामी भएका उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित स्थानीय अस्पताल लगिएकोमा उपचार कै क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको पनि निर्देशनालयले जनाएको छ ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *