कचनकवल गाउँपालिकामा रासायनिक मल (डि.ए.पी.) को वितरणलाई सहज, व्यवस्थित र कृषक-मैत्री बनाउन गाउँपालिकाले नयाँ योजना लागू गरेको छ। वितरणका क्रममा अत्यधिक भीडभाडका कारण देखिएको समस्या समाधान गर्न सहकारी संस्थाहरूमार्फत मल वितरण प्रणाली अघि बढाइएको हो।
यस योजना अन्तर्गत कचनकनलका विभिन्न सहकारी संस्थाहरूलाई तोकिएको कोटा अनुसार डि.ए.पी. मल उपलब्ध गराइएको छ। यसरी कृषकहरूले आफ्नै वडाभित्र वा नजिकैको सहकारी संस्थाबाट मल प्राप्त गर्न सक्नेछन्।
सहकारी संस्थाहरू र तिनीहरूको कोटा निम्नानुसार छ:
- नौलो भविष्य साना किसान, कचनकनल-६: २२० बोरा
- बनियानी कृषि सहकारी, कचनकनल-६: २२० बोरा
- अमरावती कृषि सहकारी, कचनकनल-३: २२० बोरा
- पथरीया कृषि सहकारी, कचनकनल-२: २५० बोरा
- घेरावारी जल उपभोक्ता, कचनकनल-१: २२० बोरा
- दुर्गा लक्ष्मी साना किसान, कचनकनल-१: २५० बोरा
गाउँपालिकाले कृषकहरूलाई मल प्राप्त गर्न सहकारी संस्थामा सम्पर्क राख्न, भीडभाड नगर्न र पालोको पालना गर्न अनुरोध गरेको छ। साथै, वितरण प्रक्रियामा सहकारीका प्रतिनिधि र स्थानीय प्रशासनको उपस्थितिमा निगरानी गरिने बताइएको छ।