कचनकवलका माझी सहित अप्टिकल फाइबर चोरी आरोपमा पाँचजना पक्राउ

झापा । झापाको मेचिनगर–५ नकलबन्दाबाट नेपाल–भारत सीमा हुँदै अप्टिकल फाइबर टेलिफोन तार चोरी गरी लैजाने क्रममा पाँच जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इप्रका काँकरभिट्टा अनुसार बुधबार बिहान ११:१० बजे गस्ती टोलीले ५ बोरा फाइबर तारसहित दुई जना भारतीय र तीन जना नेपालीलाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इप्रका काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

नियन्त्रणमा परेकामध्ये भारतीय दार्जिलिङ पानिट्याङकी बस्ने २४ वर्षीय कातिक अधिकारी र ३४ वर्षीय राहुल अधिकारी रहेका छन्। त्यस्तै, नेपालतर्फ झापा बुद्धशान्ती गाउँपालिका सितलवस्तीका २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका–३ का २७ वर्षीय दिनेश परियार र झापा कचनकवल गाउँपालिका–३ डाँगीबारीका ४२ वर्षीय संजय माझी पक्राउ परेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *