कचनकवलका शिक्षकको तलब सिधै व्यक्तिगत खातामा पुग्यो, झापामै पहिलो अभ्यास

कचनकवल — झापाको कचनकवल गाउँपालिकाले शिक्षण क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत ऐतिहासिक कदम चालेको छ। पालिका भित्रका ३० वटै सामुदायिक विद्यालयका शिक्षकहरूको मासिक तलब तथा भत्ता सिधै उनीहरूको व्यक्तिगत बैंक खातामा निकासा गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलका अनुसार, यो नयाँ प्रणालीको पहिलो चरण लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा पाइलट प्रोजेक्टका रूपमा सञ्चालन गरिएको थियो। पाइलट परीक्षण सफल भएपछि, जेठ १२ गते सम्पूर्ण शिक्षकहरूको तलब र भत्ता प्रत्यक्षरूपमा व्यक्तिगत खातामा पठाइएको हो।

EPIC EPIC EPIC EPIC EPIC

शिक्षक भत्ता तथा तलब वितरण प्रणालीमा पारदर्शिता, समयपालन र सूचना प्रविधिको एकीकृत प्रयोगमार्फत सेवा प्रवाहलाई द्रुत र सहज बनाउने उद्देश्यले उक्त योजना कार्यान्वयनमा ल्याइएको हो। पोख्रेलका अनुसार, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष अन्तर्गत सावधिक जीवन बीमाका लागि आवश्यक विद्यालय कोड र शिक्षकहरूको व्यक्तिगत कोड म्यापिङ प्रक्रिया जटिल भए पनि पालिकाले त्यो चुनौतीलाई व्यवस्थित ढंगले सम्बोधन गरेको छ।

प्राविधिक अवरोधका बाबजुद, परीक्षण चरण सफलतापूर्वक सम्पन्न हुनु स्वयंमा उल्लेखनीय उपलब्धि हो। अब यो प्रणालीमार्फत लेखापरिक्षण प्रक्रिया पारदर्शी हुने, विद्यालयहरूमा आर्थिक अनुशासन बलियो हुने र पालिकाको वित्तीय व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

One Response

  1. AThi Uttam Kary garxu bayou ko ma dhanybat s.k.y.sir bhaki dheepa khaja ko Pani mhag from ma bhalikako name fhoto sahit ko mhag from bharan Ani bariy gàrnu parch s.k.y.sir dhanybat

Leave a Reply

Your email address will not be published. Required fields are marked *