केचना। झापाको कचनकवल गाउँपालिका वडा नम्बर ४ स्थित केचना बजारमा आज दिउँसो दिउँसोकै समयमा एक घरमा चोरी भएको छ।
स्थानीय पुरण गणेशको घरमा कोही नभएको मौका छोपी अज्ञात व्यक्तिले चोरी गरेको हो। प्राप्त जानकारी अनुसार आज दिउँसो करिब ३ देखि ४ बजेको समयमा परिवारका सदस्यहरू बजार गएको अवस्थामा घरको ढोका फुटाएर चोरहरू भित्र पसेका थिए।
चोरले घरभित्र रहेका नगद, गरगहना लगायतका अन्य मूल्यवान सामानहरू लगेको बताइएको छ। यद्यपि, चोरी भएको धनमालको यकिन विवरण भने अझै आउन बाँकी छ।
दिनदहाडै बजार क्षेत्रकै घरमा चोरी भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र मुचुल्का उठाउने कार्य भइरहेको छ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको छ।



















