कचनकवल। कचनकवल ३ स्थित डाँगीबारी बजारको टहराको बाँसमा झुन्डिएर बुधलाल राजवंशीका छोरा ४१ वर्षीय पानीलाल राजवंशीले आत्महत्या गरेका छन्।
उनले बुधबार बिहान २:३० बजेको समयमा डाँगीबारी बजारमा रहेको सब्जी पसलको टहरामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
उनी बोल्न नसक्ने र सोही बजारमा चिया बेच्ने गरेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।
शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।