कचनकवलको दीपज्योति वन समूहद्वारा १३० वटा विद्युतीय चुलो र ७० पानी मिटर वितरण

झापा । कचनकवल गाउँपालिका–७ मा विद्युतीय चुलो तथा खानेपानी मिटर वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साना किसान विद्युत उपसमिति कचनकवल ७, इन्डेभ, प्राक्टिकल एक्सन नेपाल तथा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघको संयुक्त आयोजना तथा सहयोगमा सञ्चालित नेपालमा विद्युतीय चुलोको दिगो विकास परियोजना अन्तर्गत लक्षित वर्गका घरपरिवारलाई विद्युत भान्सा वाइरिङ वितरण गरिएको हो।

परियोजनाअनुसार प्रति लक्षित परिवारलाई १,६५० रुपैयाँको दरले विद्युतीय भान्सा वाइरिङ उपलब्ध गराइएको छ। कार्यक्रममा कुल १३० जना बन उपभोक्ता सदस्यहरुलाई विद्युतीय चुलो, प्रेसर कुकर र दिउरे वितरण गरिएको प्राक्टिकल एक्सन नेपालले जानकारी दिएको छ।

EPIC EPIC EPIC EPIC

आयोजक संस्थाहरूले ग्रामीण क्षेत्रका नागरिकहरूलाई सुरक्षित, सुलभ र स्वच्छ ऊर्जा प्रयोग गर्न प्रोत्साहन दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

यसै सन्दर्भमा, दीपज्योति सामुदायिक वन उपभोक्ता समूह कचनकवलले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजना तथा गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत ७० थान खानेपानी मिटरसमेत वितरण गरेको छ। समूहले उक्त मिटर वितरण आफ्नै एकल लगानीमा सम्पन्न गरेको जनाएको छ।

कार्यक्रममा दीपज्योति समूहका अध्यक्ष हरि थाम्सुहाङ लिम्बूले परियोजनाको उद्देश्य, औचित्य र दीर्घकालीन प्रभावमाथि प्रकाश पार्दै यो कार्यक्रमले ऊर्जा पहुँच र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

शुभकामना मन्तव्य समाजसेवी तुलाराम अधिकारी, कृष्णमाया खड्का, सामुदायिक वन उपभोक्ता स्थानीय महासंघ कचनकवलका अध्यक्ष चेतराज भट्टराई, तथा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले व्यक्त गर्नुभएको थियो। विद्युतीय चुलोको सुरक्षित प्रयोगबारे प्राविधिक जानकारी तथा प्रशिक्षण प्राक्टिकल एक्सन नेपालका फिल्ड अफिसर मिन थापाले दिनुभएको थियो।

कार्यक्रमको सञ्चालन बन समूहका उपाध्यक्ष श्याम घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा कचनकवल–७ का वडाध्यक्ष भरत राजवंशी, समाजसेवी हरी सिग्देल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्राक्टिकल एक्सन नेपालका अनुसार, हालसम्म कचनकवल क्षेत्रमा १८ महिनाको अवधिमा २,६४० थान विद्युतीय चुलो वितरण गरिसकिएको छ। यस परियोजनामा दीपज्योति समूहले प्रति सेट ४,००० रुपैयाँ तथा अन्य साझेदार संस्थाहरूले २,०७० रुपैयाँका दरले संयुक्त लगानी गरेका छन्।

कार्यक्रमले दिगो ऊर्जा प्रवर्द्धन, स्वच्छ खाना पकाउने प्रणालीको विस्तार र वातावरणमैत्री जीवनशैलीतर्फ ग्रामीण क्षेत्रका नागरिकहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *