कचनकवलको दुई दिवसीय नि:शुल्क स्वास्थ्य शिविरबाट ७०० बढी लावान्वित

कचनकवल। झापाको कचनकवल गाउँपालिकामा आयोजना गरिएको दुई दिवसीय स्वास्थ्य शिविरमा सात सय बढीले स्वास्थ्य सेवा लिएका छन्। सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजन तथा नोबेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा कचनकवल गाउँपालिका २ स्थित श्री लक्ष्मी प्रसाद देवकोटा माविमा सञ्चालन भएको हो।

 नोबेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोग रहेको नि:शुल्क स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग,  नाक, कान, घाँटी, प्रसुती तथा स्त्री रोग, आँखा परिक्षण तथा उपचार, बाल रोग , दन्त सेवा, भिडियो एक्स-रे सेवा, हाड, जोर्नी तथा नसा रोग , ई.सि.जि. सेवा, न्यूरो सेवा, ल्याब सम्पूर्ण रगतको चेकजाँच तथा  छाला, यौन रोग  तथा अन्य सामान्य उपचार र निःशुल्क औषधि वितरण सेवासमेत प्रदान गरिएको थियो। 

EPIC EPIC EPIC

आइतबार(हिजो) शिविरको उद्घाटन गर्दै ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरेकोमा आयोजक तथा सहयोगीलाई  कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र राजवंशीले धन्यवाद व्यक्त गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च