कचनकवलको बनियानीमा राजवंशी होटलमा सिलिन्डर विष्फोट, पाँच लाखको क्षति

कचनकवल। झापा जिल्लाको कचनकवल गाउँपालिका–६ स्थित बनियानी चोकमा भएको आगलागीबाट करिब ५ लाख ३० हजार बराबरको क्षति भएको छ।

शुक्रवार(आज) दिउँसो करिब १:५५ बजे सत्य नारायण राजवंशीको घरमा भाडामा लिइ केशव राजवंशीले सञ्चालन गरिरहेको त्यागी राजवंशी होटलमा अचानक ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

आगलागीका कारण उक्त होटलमा रहेका विभिन्न सामान जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। साथै, नजिकै रहेका अन्य व्यवसाय पनि प्रभावित भएका छन्। झरेन्द्र पोडेलद्वारा सञ्चालित निहारी होटलमा १ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने जय सिंह राजवंशीको घरमा भाडामा लिइ सञ्चालित सिर्मिक सहकारी संस्थाको मिटर र CCTV जलेर १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै, अमर राजवंशीद्वारा सञ्चालित अमिला मेडिकल हलको CCTV जलेर १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी, र भद्रपुर नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। आगलागी २:३० बजे नियन्त्रणमा आएको र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

घटनाको विवरण ईलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक रोहित बहादुर मगरको नेतृत्वमा पुगेको टोलीले संकलन गरेको हो। आगलागीको थप अनुसन्धान भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *