कचनकवल। झापाको कचनकवल गाउँपालिका ५ डाँगाबारीस्थित सुकुम्बासी बस्तीमा बुधबार बिहान स्थानीय जमिल मियाँ र इम्तियाज मियाँको घरमा आगलागी भएको छ।
बिहान ११:२० बजेको समयमा भान्साबाट अचानक सल्किएको आगोले अन्दाजी ९ लाख मूल्य बराबरको धनमालको क्षतिभएको प्रहरीले जनाएको छ।
आगलागी भद्रपुर नगरपालिकाको दमकल र स्थानीय, बिओपी पाठामारी र प्रहरी चौकी पाठामारीको सहायता अपराह्न १२:३० बजे नियन्त्रणमा आएको थियो।
आगलागीबाट भान्सा घर, इटाको वाल र टिनको छानो भएको चार कोठे भुँई घरमा क्षति , दुई तोला सुन, ४० तोला चाँदी, लत्ता कपडा, नगद २० हजार तथा घरका फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।