कचनकवलबाट अवैध माछा भित्रिनेक्रम रोकिएन, सशस्त्रद्वारा ५० केजी अवैध माछा बरामद गरी नष्ट


केचना।  दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट प्रतिबन्धित भारतीय माछा भित्रिनेक्रम रोकिएको छैन। खुला सिमानाको फाईदा उठाउँदै तस्करीले अवैध रुपमा भित्र्याएको प्रतिबन्धित माछा प्रहरीले बरामद गरि नष्ट गर्दासमेत् माछा भित्रिन नरोकिएको हो। 

यसबीच सशस्त्र प्रहरी बल केचनाले प्रतिबन्धित भारतीय माछा बरामद गरि नष्ट गरेको छ। 

EPIC EPIC EPIC EPIC EPIC

बिहीबार बिहान साढे छ बजेको समयमा बिओपी केचनाका सशस्त्र प्रहरी नायब निरीक्षक पुण्य प्रसाद विमलीको नेतृत्वमा खटिएको गस्ती टोलीले कचनकवल ४ पूर्व लोधाबारीबाट अवैध रुपमा भित्रिँदै गरेको ५० केजी भारतीय माछा बरामद गरेको हो। 

उक्त माछा बिओपी कचनामा ल्याई इलाका प्रहरी कार्यालय केचनाका सहायक प्रहरी नायब निरीक्षक वीर बहादुर खत्री, स्थानीय, जनप्रतिनिधि र पत्रकारको नेतृत्वमा खाडल खनी नष्ट गरेको बिओपी केचनाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *