कचनकवलबाट अवैध रुपमा भित्र्याउन लागिएको प्रतिबन्धित ८० केजी  माछा बरामद गरि नष्ट

कचनकवल। इलाका प्रहरी कार्यालय केचनाले भारतबाट अवैध रुपमा भित्र्याउन लागिएको प्रतिबन्धित ८० केजी माछा नष्ट गरेको छ ।

EPIC

इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक  राज कुमार यादवको कमान्डमा खटिएको  टोलीले शनिबार कचनकवल गाउँपालिका वडा नम्बर ४ को नेपाल भारत सिमाना ११७ नं. पिलरबाट  अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको अवस्थामा ८० केजी ( अन्दाजी चौबीस हजार मूल्य बराबरको ) माछा फेला पारेको थियो ।

EPIC EPIC EPIC

प्रहरीले उक्त माछाको पोकाहरु बरामद गरी इलाका प्रहरी कार्यालय केचनामा ल्याएका थिए । पम्प्लेट र सिलेन प्रजातिका माछा रहेको इलाका प्रहरी कार्यालयका प्र.स.नि यादवले बताए। ती माछाहरुस्थानीय जनप्रतिनिधि, स्थानीय र बोर्डर आउट पोस्ट खुट्टामुनिको रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको थियो ।

कचनकवल गाउँपालिकामा कात्तिक १ गतेबाट भारतीय माछा बिक्रीवितरण पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *