कचनकवलबाट कोकिनसहित दुई भारतीय नागरिक पक्राउ

झापा। झापामा लागुऔषध कोकिनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको किसनगञ्जस्थित जियापोखर गिलाबारीका २३ वर्षीय मोहम्मद तौसिफ र उत्तर दिनाजपुरको मजलिसपुरका २१ वर्षीय परवेज आलम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरू कचनकवल गाउँपालिकामा मोटर चोरी गर्न आएको सूचनाका आधारमा गएराति साढे ८ बजे कचननकवल–४ मा मोजिमिल मियाँको खेत नजिकै शङ्कास्पद अवस्थामा फेला परेका थिए। सोधपुछका क्रममा उनीहरूले तजेमुल मियाँको खेतमा रहेको पानी तान्ने मोटर चोरी गरी मजमुल मियाँको जग्गामा लुकाएर राखेको स्वीकार गरेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीले मोटर फेला पारेपछि थप अनुसन्धानका क्रममा मोहम्मद तौसिफको लगाएको पाइन्टको दाहिने गोजीबाट प्लास्टिकमा पोको पारिएको १ ग्राम ४२० मिलिग्राम कोकिन बरामद गरेको हो।

प्रहरीले लागूऔषध कोकिन र चोरी गरिएको ३ हर्सपावर क्षमताको पानी तान्ने मोटरसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *