कचनकवलबाट बेवारिसे १२ बोरा सुर्ती सशस्त्रको नियन्त्रणमा

कचनकवल। सशस्त्रले कचनकवलबाट अवैध १२ बोरा सुर्ती बरामद गरेको छ।

तस्वीर-रत्न बुढाथोकी
भारतबाट अवैध रुपमा बनियानी ल्याई धरान जाने यात्रुवाहक बसमा हालिएको सुर्तीजन्य वस्तु सशस्त्र प्रहरीले बनियानीबाट
बरामद गरेको छ।

EPIC EPIC EPIC EPIC EPIC

कचनकवलको बनियानीस्थित बस बिसौनीबाट धरान जाने बुलेट नामक रातो बसमा बिहान करिबसाढे ५  बजे बस चेकजाँचका क्रममा सुर्तीजन्य वस्तु बरामद गरिएको हो।

बगानबाट आउँदै गरेको यात्रुवाहक बुलेट बसमा विशेष सुराकीको आधारमा चेकजाँच गर्दा सशस्त्र प्रहरीले अवैध रुपमा बेवारिसे १२ बोरा करिब २ लाख बरावरको सुर्तीजन्य सामान बरामद गरेको हो।

भारतबाट अवैध रुपमा ल्याइएको बादशाह सुर्ती बरामद गरेको र गाडीमा बेवारिसे अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल  पाठामारीका सशस्त्र  प्रहरी सहायक निरीक्षक सुवास राजवंशीले बताए।

बरामद गरिएको सुर्ती नियन्त्रणमा लिई मुचुल्का तयार गरेर आन्तरिक राजस्व कार्यालय भद्रपुरमा पठाइएको सशस्त्र प्रहरी बल पाठामारीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *