बनियानी। दक्षिणी झापाको कचनकवलबाट अवैध रुपमा भित्र्याउन लागेको ८० केजी प्रतिबन्धित भारतीय माछा नियन्त्रणमा लिई प्रहरीले नष्ट गरेको छ।
शनिबार दिउँसो करिब २ बजेको समयमा इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायब निरीक्षक दिवस कुमार कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले कचनकवल ६ चण्डी इँटाभट्टा अगाडिबाट प्रतिबन्धित माछा नियन्त्रणमा लिइएको हो।
उक्त माछा अन्दाजी मूल्य २० हजार तोकी जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ।