काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी १२ फागुनदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले झापाको कचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रले सञ्चालन गर्न लागेको यो अभियान नेपालको तराई क्षेत्रको मुख्य सडक मार्ग हुलाकी राजमार्ग हुँदै अघि बढ्नेछ। बैठकले माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका स्थानीय तहका पदाधिकारीहरूको भेला गर्ने निर्णय समेत गरेको छ।