कचनकवलबाट ४० ग्राम लागूऔषधसहित महिला पक्राउ

कचनकवल। कचनकवलबाट एक महिलालाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । झापाको कचनकवल गाउँपालिका ४ पाग्लीभिट्टा बस्ने ३६ वर्षीया अलिसा शेख मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

अलिसाको साथमा ४०.५७० ग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC

उनको शरीरमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी   कृष्ण कुमार चन्दले जानकारी।
दिए ।

ती महिलाले लागूपदार्थको कारोबारी गरेको हुनसक्ने गोप्य सूचनाको आधारमा मंगलबार इलाका प्रहरी कार्यालय केचनाका प्रहरी नायव निरीक्षक बिर बहादुर खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई पछ्याउँदै जाँदा उनलाई सुनकोशी बगान नजिकै रोकेर खोजतलास गरेको थियो ।

महिलाको साथबाट प्रहरीले दुईवटा प्लास्टिकको पोकामा लागूऔषध बरामद गरेको थियो। सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *