कचनकवल। झापाको कचनकवल गाउँपालिका २ मा स्थित निर्माणाधीन पेट्रोल पम्प अगाडि सवारी दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।
बनियानिबाट केचनातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (BR37X1455) को मोटरसाइकल अनियन्त्रित भई पछाडि सवार महिला लड्दा घाइते भएकी हुन्। भारतको किसनगञ्ज जिल्ला, कादो गाउँकी करिब ३२ वर्षीया पवित्रा दास घुँडामा र हातमा चोट लागेर सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
घाइते दासलाई तत्काल बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइएको थियो। प्रारम्भिक उपचारपछि उनी घर फर्किएकी छन्। मोटरसाइकल चालक उनका श्रीमान् विष्णु राय घाइते पत्नीको उपचारमा संलग्न छन्।
घटनापछि इलाका प्रहरी कार्यालय पथरियाबाट प्रहरी निरीक्षक हरिभक्त श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो। दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिई प्रहरी चौकी पथरियामा राखिएको जनाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकसँग चालक अनुमतिपत्र (लाइसेन्स) रहेको र मादक पदार्थ सेवन नगरेको पुष्टि भएको छ प्रहरी जनाको छ ।